मुम्बई(एजेन्सी) । भारतीय फिल्ममा सबैभन्दा बढी कमाई गरेको फिल्म ‘बाहुबली’मा भल्लालदेवको भूमिका निभाएका कलाकार राणा दग्गुबती चाँडै नै एक टेलिभिजन शोमा देखिने भएका छन् । राणा दग्गुबती आफ्नो नाममा नै शुरु हुन लागिरहेको शो ‘नम्बर १ यारी विथ राणा’को सञ्चालन गर्नेछन् ।
राणाले ट्वीटरमा शोको टिजर पनि राखेका छन् । ‘तपाईको मनपर्ने स्टारसँगको सम्बन्धलाई सेलिब्रेट गर्न म तपाईहरुको घर नम्बर १ यारी विथ राणाका साथ आउँदैछु ।’ उनले ट्वीटेका छन् ।
समाचार अनुसार राणाको यो शो च्याट शो हुनेछ । जसमा राणा फिल्मी दुनियाँका आफ्ना साथीलाई बोलाएर खुलेर कुराकानी गर्नेछन् । यो शो जेमिनी टीभीबाट प्रसारण हुनेछ ।