बर्ष २०७४ को प्रतिक्षित मानिएको फिल्म ‘प्रेमगीत २’ को ट्रेलर रिलिज भएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गर्यो ।
ट्रेलरमा प्रेम, द्वन्द्व र रोदन समावेश छ । अभिनेत्री अश्लेशा ठकुरीको प्रेम प्राप्तीको लागी अभिनेता प्रदिपले गरेको संघर्ष ट्रेलरमा जोडिएको छ । नेपाल, थाइल्याण्डसँगै म्यानमारका आकर्षक लोकेशनमा खिचिएको ट्रेलर कलरफुल देखाइएको छ ।
सन्तोष सेनले निर्माण गरेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेता प्रदिपले ‘प्रेमगीत’ भन्दा भिन्न कथा बोल्ने ‘प्रेमगीत २’ को लागी ठुलो मेहनत गरेको र फिल्म राम्रो पनि बनेको भन्दै दर्शकको मन जित्नेमा विश्वास लिएको बोले । ट्रेलरमा निर्माता सेन खलपात्रको रुपमा प्रस्तुत भएका छन् ।