ठमेल बजार गीत चर्चित भएसँगै मोडल एलिशा राईको चर्चा पनि बढेको छ । ठमेल बजार गीतको चर्चाले एलिशा राईको क्रेजलाई ह्वात्तै बढाएको सर्वविदितै हुँदा उनको व्यस्तता पनि बढेको पाईन्छ ।
यो बीचमा उनको नयाँ प्रस्तुती सहित “मायामा रियाक्सन” बोलको एक गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा महेन्द्र भण्डारी र रेश्मा पुनःको स्वर रहेको छ भने शब्द, संगीत भिम बिसीको छ ।
क्रान्ति केसीको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । भिडियोमा एलिशा राईसंगै जेम्स बिसीको अभिनय रहेको छ ।