साउन २० मा प्रदर्शनको तयारी गरेको फिल्म ‘भुईंमान्छे’को रिलिज हेरेफेर भएको छ । प्रदर्शनको लागी फिल्म फाईनल हुने र त्यसमा जोडिने प्रचार प्रसारको लागी समय अपुग हुन सक्ने संभावित असरलाई मध्यनजर गर्दै निर्माण टिमले फिल्मको रिलिज २ हप्ता पर सारेको हो । फिल्म अब भदौ २ मा रिलिज हुनेछ ।
फिल्मको रिलिज सर्नुको पछाडि संभावित वलिउड रिलिजलाई पनि मानिएको छ । यसअघि तोकिएको फिल्मको रिलिज मितिमा वलिउड स्टार शाहरुख खानको फिल्म ‘जब ह्यारी मिट सेजल’ आउँदैछ । पछिल्लो समय नेपाली मल्टिप्लेक्स हलमा वलिउड फिल्मको दबदबा बढ्दै गर्दा मल्टिप्लेक्स तार्गेटेड मानिएको ‘भुईंमान्छे’ आउँदा हल बाँडफाँडमा देखिन सक्ने असरलाई ध्यानमा राख्दै निर्माण टिमले फिल्मको रिलिज हेरफेर गरकेो बताईन्छ ।
नेपाली पर्दामा अब ‘भुईंमान्छे’ले भदौ २ मा अर्को फिल्म ‘ग्याङ्गस्टर ब्लूज’सँग प्रतिस्पर्धा गर्नेछ । हेमराज बिसी निर्देशित उक्त फिल्ममा आना शर्मासँगै नव अभिनेता आशिरमान देशराज लिड अभिनयमा छन् ।
‘भुईंमान्छे’ निर्देशक नवराज बुढाथोकीले फिल्मको रिलिज हेरफेरलाई सामान्य भन्दै दर्शकलाई नझुक्किन आग्रह गरे ।
‘पछिल्लो पुस्ताका नेपाली दर्शकको मनोभावना जित्ने गरी फिल्म तयार भएको छ’ उनले थपे, ‘दर्शकको मन जित्ने फिल्म आउँदा रिलिज मितिले फरक पर्दैन्, सत प्रतिशत न्याय गर्ने छ, विश्वस्त हुन् आग्रह गर्छु ।’
रोहिणी भट्टराई कार्यकारी निर्माता रहेको फिल्मबाट नेपाली राष्ट्रिय भलिवल टिमकी स्टार प्लेयर सिपोरा गुरुङले नेपाली रजतपटमा डेब्य गर्दैछिन् भने उनका अलावा रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्ट लगायत फिल्ममा लिड अभिनयमा छन् । निरुपा राज्यलक्ष्मी थापा निर्मात्री छिन् । अबको हप्ता दिनमा नै फिल्मको ट्रेलर रिलजि गरेर प्रचार प्रसार थाल्ने दौडमा निर्माण टिम छ ।