असार ३० लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘किन आजकल’ बोलको नयाँ गीतको भिडियो युट्युवमा रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा लिड अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचरिङमा छन् । गीतका शब्द छिट्टै मनमा बस्ने लाग्दा ‘हिट’को अपेक्षा निर्माण टिमले राखेको छ । गीतमा शब्द अम्बिका शर्माको छ भने स्वर संगीत अर्जुन पोखरेलको छ ।
सुदर्शन थापा निर्देशित फिल्ममा लगानी पनि सुदर्शनले नै गरेका छन् भने अभिनेत्री पूजा पनि निर्मात्री हुन् । फिल्मको यसअघि सार्वजनिक पहिलो गीत तथा ट्रेलरले हाईप बनाईसकेको छ ।