भारतिय वक्सअफिसका सबैखाले रेकर्ड ब्रेक गर्न सफल फिल्म ‘बाहुबली २’ यतिबेला प्रदर्शनको ५० औं दिन पार गरेर चलरहेको छ । भारतमा मात्र होईन् संसारका कैयौं देशमा तहल्का मच्चाएको फिल्मका मुख्य अभिनेता प्रभास यतिबेला वाहिवाहीका पात्र बनिरहेका छन् ।
भनिन्छ, वलिउड र साउथ फिल्म उद्योगबीच दुरी छ । तर साउथ स्टार प्रभास वलिउड मेकर करण जोहरको पार्टीको निम्तो स्विकार गर्दै सामेल भए । पार्टी भने ‘बाहुबली २’ कै कारण आयोजित थियो कि, हिन्दी भाषाको प्रदर्शन अधिकार करणले किनेका थिए । जहाँ प्रभाससँगै मुख्य कलाकार सामेल रहँदा वलिउड स्टारहरुको उपस्थिती पनि बाक्लो रह्यो ।
पार्टी चल्दै गर्दा रमाईलो क्षण यस्तो बन्यो कि कार्यक्रममै अभिनेता वरुण धवन ‘बाहुबलीको ज्यान लिने उनकै मामा कटप्पा बनेर अभिनय कला देखाए अनि कटप्पट स्टाईलमा तरवार राख्दै क्यामेराको लागी अविस्वासिलो पोज पैदा गरे । माथी उल्लेखित तश्विरमा पनि तपाईं वरुणले बाहुबलीलाई तलवार प्रहार गरेको भान गर्नसक्नुहुन्छ ।