सलमान खानको अरिजीत सिंहसँगको सम्बन्ध सबैलाई थाहा नै छ । केही महिना पहिला अरिजीतले फेसबुकमा सलमान खान अभिनित चलचित्र ‘सुल्तान’मा आफुले आवाज दिएको गीत ‘जग घूमया’ फिल्ममा राखिदिन आग्रह गरेका थिए । तर सलमान खानले मानेनन् र फिल्ममा अरिजीतको वर्जन हटाइएको थियो । यसै बिच एक खबर पनि बाहिर आएको थियो कि अब अरजितले सलमानका लागि कुनै पनि गीत गाउने छैनन् । अरिजीतसँग जोडिएको सुत्रका यो भनेको छ कि, ‘अरिजीत अब सलमानसँग माफी माग्ने छैनन् र भविष्यमा सलमानका लागि कुनै गीत गाउने छैनन् ।’ तर हालै एक निकै ठूलो खबर सार्वजनिक भएको छ । अरिजीतले भनेका छन्, ‘यो विल्कुल झुट हो । म सलमानका लागि जहिले र जति खेर पनि गीत गाउन तयार छु ।’ यो कुराको तपाईहरुलाई जानकारी दिऔ कि सलमानले ‘जग घूमया’का गीत गाएका थिए र त्यो गीत निकै हिट भएको थियो ।