मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनका सुपरस्टारका रुपमा चिनिएका दिव्यांका त्रिपाठी र उनका पति विवेक दहियाका े जोडी स्टार प्लसको शो ‘नच बलिये ८’को विजेता बनेका छन् । दुवैले फाइनलमा सनम–अभिगेलको जोडीलाई हराएका थिए ।
दिव्यांका र विवेकलाई सबैभन्दा बढी भोट पनि मिल्यो । केही दिनअघि देखि शोमा दिव्यांका र विवेकको जोडी सबैभन्दा मजबुत रहेको र उनीहरुलाई भोट पनि बढी आइरहेको चर्चा चलेको थियो । दुवै विजताले ट्रफीका साथ नगद पुरस्कार पनि जिते ।
शोको दोस्रो स्थानमा अभिगेल र सनम तथा तेस्रो स्थानमा सनाया र मोहित रहे । दिव्यांका र विवेक चाँडै नै आफ्नो विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् । हालै मात्र विवेकले दिव्यांकालाई एक इमोशनल लेटर पनि पठाएका थिए । जहाँ दिव्यांकको तारिफ गरिएको थियो ।