हास्य कलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा बढी नै सक्रिय हुने कलाकार हुन् । उनी प्रत्येक दिन राजनीतिक विषय वस्तु देखी सामाजिक लगायतका कुराहरुलाई व्यांग्यात्मक शैलीमा लेख्ने गर्छ । भदौ २४ गते ‘छक्का पन्जा’को प्रमोशनमा व्यस्त दीपकराज गिरीले जनै पूर्णिमाको सम्पुर्णलाई शुभकामना दिन मोडल अर्चना पनेरुलाई व्यांग्य गरेका छन् ।
आफ्नो आधिकारी फेसबुकमा एक स्टाटस हाल्दै गिरीले लेखेका छन्, ‘अर्चना पनेरू एका बिहानै पुलिसकोमा पुगिछन् । फेसबुक ह्याक भयो भनेर । पुलिसले जबाफ दियो ह्याक भाको होइन, आज राखि बाध्ने दिन भएर म्यासेज नआएको हो । हैप्पी जनै पूर्णिमा । भाद्र २४ छक्का पन्जा पूर्णिमा ।’ फेसबुकमा अश्लिल तस्बिरहरु राख्ने अर्चनालाई दीपकराज गिरीको यो व्यांग्य एक पटक सबैलाई हाँस्न बाध्य गराउँछ । अघोषित पोर्नस्टारको दर्जा पाएकी अर्चनाले छेस्को र जिम्स चलचित्रमा काम गरिसकेकी छिन् ।