कुनैपनि मानिसको उचाइले धेरैलाई आर्कषण गरेको हुन्छ । उचाइले मानिसलाई थप आकर्षण बनाउँछ नै । तर कतिपय मानिस उचाई कम भएकाले पछुताउने गरेका । उचाइ कम भएकै कारण आर्मी तथा प्रहरीमा भर्ना हुन नपाईने र आकर्षण पनि नदेखिने भएकाले उनीहरु पछुताउने गरेको बताइन्छ । एकै परिवारका विभिन्न सदस्यको उचाई पनि फरक फरक हुन्छ । अझ संसारभरका मानिसको उचाई त झन फरक हुने भइहाल्यो । एक अध्ययनका अनुसार संसारको सबैभन्दा अग्ला महिला लाट्भियाका र पुरुष नेदरल्याण्डका छन् । संसारकै होचा महिला ग्वाटेमालाका र पुरुष पूर्वी टिमोरका छन् ।
इलाइफ पत्रिकामा प्रकाशित एक अध्ययनका अनुसार नेदरल्याण्डका पुरुषको औषत उचाई ६ फिट र लाट्भियाका महिलाको औषत उचाई पाँच फिट सात इन्च रहेको छ ।
इलाइफका अनुसार इरान तथा दक्षिण कोरियाका महिलाको शरीरको विकास तिव्र रुपमा भएको छ । उनीहरुको उचाई विगत एक सय वर्षयता १६ सेमीदेखि २० सेमीसम्म बढेको छ । अमेरिकाको भने घट्दो क्रममा रहेको तथ्यांकले जनाएको छ । सन् १९१४ मा अमेरिका संसारको सबैभन्दा अग्ला पुरुषको तेस्रो नम्बरमा थियो भने महिलाको चौथो नम्बरमा थियो ।
तर अहिले अमेरिका पुरुषमा ३७ औं र महिलामा ४७ औं स्थानमा पुगेको छ । इम्पिरियल कलेज लण्डनका अनुसार भारत, पाकिस्तान, वंगलादेश तथा दक्षिण एसियाका मानिसको उचाईमा भने खास फरक नभएको देखाएको छ । पूर्वी एशियामा भने केही फरक भएको छ । जापान, चीनलगायतका केही देशका नागरिकको उचाई केही बढेको जनाएको छ ।
इम्पिरियल कलेजका वैज्ञानिकका अनुसार पोषण तथा सरसफाइले र गार्भावस्थाका बेला चाहिने पोषणले गर्दा पनि उचाइमा फरक ल्याउने जनाएको छ ।