‘झमक झमक’ बोलको म्युजिक भियो सार्वजनिक भएको छ । नव गायक हृदय दाहालको स्वर रहेको सार्बजनिक गीतमा राजेन्द्र बजगाईको शब्द संगीत सुन्न सकिन्छ ।
मोडल तथा नायिका माला लिम्बु र भिमफेदी गाईज् समूह अभिनय रहेको गीतलाई एक्सन कट भने प्रकास धितालले गरेका हुन् । बुढासुब्बा डिजिटलले बजार व्यवस्थापन गरेको गीतलाई दर्शकले रुचाउने बिस्वास गायक दाहालको छ ।
हरिसिद्धि उद्योग र ललितपुरमा छायांकन गरिएको गीतलाई भने म्युजिक भिडीयोका व्यस्त क्यामरा पर्सन अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सम्पादन निसान धिमिरेको रहेको छ ।