साउन १३ मा रिलिज हुने फिल्म ‘रुद्र’को नयाँ गीत रिलिज भएको छ । ‘तिमीमा हराएँ…..’ बोलको गीतमा मुस्ताङका मनोरम दृश्यहरु समावेश छन् । भिडियो कलरफुल बनाईएको छ ।
दिनेश सुनामले संगीत भरेको गीतमा स्वर कृष्ण काफ्ले र मिना निरौलाको छ । निर्देशक समेत रहेका रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा लिड अभिनेता विश्व शर्मा र सारा शिर्पाली प्रेमिल भावमा प्रस्तुत हुँदा निखिल उप्रेती भिलेन अबतारमा छन् ।
लोकराज अधिकारी र सुशिल पंगेनीको शब्द समावेश गीतले मायामा रमाउनेहरुको लागी मन छुन सक्छ । फिल्म निखिल उप्रेती प्रोडक्सनको ब्यानर तथआ विश्व शर्मा प्रोडक्सनको सहकार्यमा बनेको हो । सौरभ लामाले खिचेको ‘रुद्र’लाई काठमाडौंमा विके फिल्मस् र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ ।