नायिका झरना थापाको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘ए मेरो हजुर २’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। यस अघि नै फिल्मको २ गीत सार्वजनिक भइसकेका छन्। सार्वजनिक गीतलाई दर्शक श्रोतले पनि एकदमै रुचाइरहेका छन्।
भदौ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, नव नायक सलिनामान बानिया, सलोन बस्नेत, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ। सुहाना इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता सुनिल कुमार थापा हुन्।
फिल्ममा बसन्त सापकोटा र कल्याण सिंहको संगीत, रेनिशा बान्तवा राईको नृत्य निर्देशन, संजय लामाको छायांकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।