मुम्बई(एजेन्सी) । नौ वर्ष अघि बलिउड अभिनेता सलमान खानले अभिनेत्री क्याट्रिना कैफका लागि मुम्बईमा एक ठूलो बर्थ डे पार्टीको आयोजना गर्दा बलिउड बादशाह शाहरुख खानसँग सलमानको ठूलो झगडा परेको थियो । यो घटनाका कारण क्याट्रिनाले भविष्यमा आफ्नो जन्मदिन कुनै पनि हालतमा नमनाउने कसम नै खाएकी थिइन् ।
तर लामो समय र सलमानले सबै कुरा भुलेपछि उनैले गत जुलाई १६ मा न्यूर्योकमा उनै क्याट्रिनाको जन्मदिनमा पार्टी नै दिए । उनीहरु दुवैजना न्यूर्योकमा भएको आइफा अवार्डमाा सहभागी भएकाले सलमानका लागि पनि क्याट्रिनालाई जन्मदिनको पार्टी दिने एउटा बहाना पनि बन्यो । यो मौकालाई क्याट्रिनाले विगतका प्रतिबद्धतालाई भुल्दै भरपुर प्रयोग गरिन् ।
सलमानले आफ्नै निगरानीमा गरेको यो पार्टीमा क्याट्रिनाले न्यूर्योकमा भएका आफ्ना साथीलाई बोलाएकी थिइन् । सलमान यतिबेला रोमानियन युवती लूलिया वन्तूरसँगको डेटिङमा छन् । क्याट्रिना सलमानकै पूर्व प्रेमिका हुन् । तर सलमानले पूर्व प्रेमिकालाई नै बर्थ डे पार्टी दिए पछि लुलिया सलमानसँग चिढिएकी छन् ।
क्याट्रिनाको प्रेमी रणवीर कपुरसँग ब्रेकअप भएपछि सलमानले नै क्याट्रिनाको व्यक्तिगत र व्यावसायिक फ्रन्ट सम्हालिरहेका छन् । उसो भए के सलमानको क्याट्रिना प्रतिको रुची केवल मानवतावादी मात्र हो त ? यो प्रश्न अहिले बलिउडमा जल्दो रुपमा उठिरहेको छ ।
समाचार अनुसार क्याट्रिना र सलमानबीच एक सामान्य सहानुभुति मात्र छ । उनीहरु दुवैले धेरै नजिक र लामो समयसम्म जाने किसिमको सम्बन्धलाई एकापसमा बाँडेका छन् । त्यसकारण अहिले क्याट्रिनालाई जब सलमानको आवश्यकता पर्छ, त्यो बेला सलमान उनीसँग पुगिसक्छन् । त्यसकारण पनि लुलिया सलमानको व्यवहारबाट चिढिएकी छन् । उनी सलमानलाई वास्तविक कुरा के हो बताउन आग्रह गर्दा सलमान केवल मौन मात्र रहन्छन् ।