भदौ २ गतेलाई रिलिज मिति तय गरेको फिल्म ‘ग्याङस्टार ब्लुज’को आइटम गीत रिलिज भएको छ। आना शर्मा र आशिरामन देशराज जोशी मुख्य भूमिकामा रहेको फिल्मको ‘अबला’ बोलको आइटम गीत बुधबार युट्युब मार्फत सार्वजनिक गरिएको हो।
कालिप्रसाद बास्कोटाको संगीत रहेको गीतमा बानिका प्रधान र कालिप्रसाद बास्कोटाले स्वर दिएका छन्। गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द समाबेश छ। गीतको भिडियोमा सृष्टि कार्की फिचरिङ छिन्। हेमराज बीसीले निर्देशन गरेको फिल्ममा आशिरमान र आनाका अलावा संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ।