नायिका रेखा थापा र नायक निखिल उप्रेती बीच निकै लामो समय देखि सम्बन्ध चिसिएको थियो। कुनै समय फिल्ममा एकदमै रुचाइएको यस जोडीलाई मिडियामा सँगै देख्न नपाएको पनि धेरै भइसकेको थियो। तर बुधबार राजधानीमा गरिएको फिल्म ‘रुद्र’को प्रिमियरमा यो जोडी एकसाथ देखिएका छन्।
निखिल उप्रेतीले निर्माण तथा अभिनय गरेको फिल्म ‘रुद्र’ हेर्न रेखा गंगबुमा रहेको बिजी मलमा पुगेकी थिइन्। जब उनि त्यहाँ पुगिन निखिल र रेखाले अंकमाल गरे। उनीहरुले मिडियाको अगाडी हामी बीच कहिलै झगडा नभएको बताए। ‘एउटै परिवारमा कहिलेकाही खटपट त भैहाल्छ नी’, रेखाले भन्छिन्, ‘हाम्रो झगडा कहिले परेको थिएन।’ त्यहाँ रेखाले निखिलको ‘रुद्र’ र निखिलले रेखाको ‘रुद्रप्रिया’लाई शुभकामान समेत दिए।
तर निखिल र रेखाले सम्बन्ध बिग्रिएको थिएन भनिरहदा विश्वास गरिहाल्नु पर्ने चाँही देखिन्दैन। २ वर्ष पहिला निखिल उप्रेतीले निर्माण तथा निर्देशन गरेको फिल्म ‘भैरव’को लागि अफर लिएर निखिल रेखाको अपर्टमेन्ट पुगेका थिए। निखिलले त्यसबेला रेखा र आफु बिचको सम्पूर्ण मनमुटाब यहि अन्त्य गरेर सहकर्यमा काम गरुम भन्ने प्रस्ताब गरे। रेखाले निखिलको अगाडी त्यस प्रस्ताबलाई स्वीकारे पनि पछि रेखाले निखिललाई धोका दीइन। रेखाले निखिलको प्रोजेक्टमा काम गरिनन्। निखिलले त्यसबेला रेखालाई ‘भैरव’ फिल्मको आइटम डान्सको लागि अफर गरेका थिए।
रेखाले दिएको यो धोका पछि निखिल पनि केहि आक्रोसित भएका थिए। उनले केहि मिडियामा यस बिषयमा कुरा पनि गरे। उनले रेखाले आफुलाई धोका दिएको र पछिका दिनमा मेरो पनि पालो आउँछ समेत भनेका थिए।
यति भइरहदा पनि बुधबारको उनीहरुको क्रियाकलापले गर्दा अब भने झगडा टुङ्गिएकै हो त? भन्ने प्रश्न पनि उठेको छ। त्यहा उनीहरु बिचको सम्बन्धले पत्रकारको मनमा एउटा प्रश्न उठायो। के रेखा र निखिल अबका दिनमा सँगै फिल्ममा देखिदैछन् त ? यस प्रश्नमा दुवैको जवाफ थियो हामी दुवैजनाको प्रोडक्सन हाउस छ, दुवै जना निर्माता भइसकेउ, भविष्यमा एकसाथ देखिन पनि सकिन्छ।
पछिल्लो समय नायिका रेखा थापा आफ्नो पुराना सहकर्मीहरु संगको बिग्रिएको सम्बन्धलाई सुध्रदै पनि छिन्। उनले केहि समय अघाडी मात्र नायक आर्यन सिग्देलसंग मेलमिलाप गरिन्। रेखा र आर्यन करिब ८ वर्षको मनमुटाब पछि मिलाप गरेका थिए। उनीहरु अहिले फिल्म ‘रुद्रप्रिया’मा सँगै काम गरिरहेका छन्।
फोटो : कमल प्रसाई (onlinekhabar.com)