फिल्म भद्र २३ गते देखि प्रर्दशनमा आउन लागेको फिल्म ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलर हेर्दा कमेडी जनारको लाग्छ।
फिल्म ‘२ रुपैयाँ’को २ गीत यस अघिनै सार्वजनिक भइसकेका छन्। सार्वजनिक २ गीतलाई दर्शक श्रोताले रुचाइरहेका छन्। २ गीत मध्ये पनि ‘कुटु कुटु’ एकदमै हिट भइदियो। यस गीतलाई लाई युट्युबमा पनि १ करेड २३ लख बढी भ्युज मिलेको छ।
असिम शाहले निर्देशन गरेको फिल्ममा निश्चल बस्नेत,आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ।
G21 र ब्ल्याक हर्स पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा राजनराज सिवाकोटी र रोशन थापाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ।