शुक्रबार अर्थत साउन १३ गते बाट दुई फिल्म ‘प्रेम गीत २’ र ‘रुद्र’ प्रदर्शनमा आएका छन्। २०७२ सालमा प्रदर्शनमा आएको सफल फिल्म ‘प्रेम गीत’को सिक्वोल ‘प्रेम गीत २’मा प्रदीप खड्का र आश्लेशा ठकुरीको मुख्य भूमिका रहेको छ। सन्तोष सेनको निर्माणमा तयार भएको ‘प्रेम गीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप र आश्लेशाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतको अभिनय रहेको छ।
त्यस्तै निखिल उप्रेती स्टारर फिल्म ‘रुद्र’ पनि आज बाट नै प्रदर्शनमा आएको छ। निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘रुद्र’ मा निखिलका अलावा सारा, विश्व शर्मा, रोयदिप श्रेष्ठ, जितेन लामा लगायतको अभिनय छ। ‘रुद्र’लाई रामजी लामिछानेले निर्देशन गरेका हुन्।
फिल्म ‘प्रेम गीत २’ ले मल्टिप्लेक्स हलहरुमा राम्रो क्रेज बनाइरहदा निखिलको पनि सिंगल थिएटरमा राम्रै माहोल देखिन्छ। सफल फिल्म ‘प्रेम गीत’को सिक्वोल फिल्म भएकाले पनि दर्शक प्रेमगीत २ हेर्न आतुर देखिन्छन। QFX हलमा १५ शो पाएको ‘प्रेम गीत २’ को बुकिङ्ग पनि आक्रामक देखिन्छ। साथै एउट ब्रान्ड फिल्म भएकाले पनि ‘प्रेम गीत २’ सिंगल थिएटरमा पनि राम्रो व्यापार गर्न सक्ने देखिन्छ।
निखिललाई सिंगल थिएटरका बादशाह पनि मानिन्छ। त्यसैले पनि सिंगल थिएटरमा निखिल स्टरर ‘रुद्र’ले राम्रै व्यापार गर्ने देखिन्छ। बिहिबार गरिएको प्रिमियरबाट फिल्म ‘रुद्र’ले मिश्रित प्रतिक्रिया पाएको थियो।