फिल्मी पत्रकार उत्सब रसाईलीसँग अभिनेत्री तथा निर्मात्री सुस्मिता केसीले माफी मागेकी छिन्। बिहीवार महानगरीय प्रहरी प्रभाग, टेकुमा पुगेर पत्रकार उत्सवसँग सुस्मिताले आत्मआलोचना गर्दै लिखित रुपमा माफी मागेकी हुन्। केहि दिन पहिला अभिनेत्री सुस्मिताले पत्रकार उत्सव रसाइलीको फेसबुक वालमा लैंगिक हिँसा हुने गरि स्टाटस हालेकी थिइन्। त्यस्तै उनले उत्सवको पर्सनल म्यासेज बक्समा समेत जातीयताको पनि खिल्ली उडाएकी थिइन्। त्यसको प्रतिउत्तर सहित उत्सवले आफ्नो फेसबुकमा स्टाटस लेखे। स्टाटस हाल्ने बित्तिकै सुस्मिताले उत्सवलाई फोन गरेर ‘तेरो बाउको बिहे देखाइदिन्छु’ भन्दै कुटपिट गर्ने धम्कि समेत दिएकी थिइन्।
त्यस लगतै उत्सव रसाइलीले महानगरीय प्रहरी प्रभाग, टेकुमा सुस्मिताले जातीय तथा लैंगिक हिँसा र कुटपिट गर्ने धम्की दिएको भन्दै उनि विरुद्द निवेदन दिएका थिए। निविदन पेस गरे पश्चात प्रहरीले सुस्मितालाई टेकु बोलायो। त्यस पश्चात सुस्मिताले टेकु पुगेर पत्रकार रसाइलीसँग लिखित माफी मागेकी हुन्। उनले आगामी दिनमा केहि कसैलाई त्यस्ता खालका धम्की, हिँसा नदिने भन्दै माफी मागेकी छन्।
चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य समेत रहेका उत्सवले यो कुरा चलचित्र पत्रकार संघमा समेत उठाएका थिए। उनले संघमा निवेदन दिने बित्तिकै संघले प्रेस विज्ञप्ति जारी गर्दै तीन दिनमा लिखित स्पष्टीकरणमाग सहित उत्सव रसाइलीसँग माफ माग्नु पर्ने बताएको थियो। यदि माफ नमागे उनीसँग सम्बन्धित कार्यक्रम र समाचार बहिष्कार गर्ने निर्णय गरेको थियो।