मुम्बई(एजेन्सी) । भारतीय फिल्म सेन्सर बोर्डका प्रमुख पहलाज निहलानी एकपटक फेरी विवादमा आएका छन् । नवाजुद्दीन सिद्दीकी स्टारर फिल्म ‘बाबूमोशाय बन्दूकबाज’को धेरै दृश्यलाई फिल्मबाट हटाएमा मात्र सेन्सर पास हुने जानकारी दिए पछि फिल्मका प्रमुख कलाकार नवाजुद्दीन सिद्धिकी आक्रोशित बनेका छन् ।
कुशान नन्दीको निर्देशन रहेको फिल्मले सेन्सर पास सर्टिफिकेटका लागि सेन्सरमा फिल्म पठाए पनि सेन्सर ४८ बढी दृश्य काट्न उर्दी जारी गरेपछि फिल्म युनिट रिसाएको छ । फिल्ममा किरण श्याम श्राफ र अश्मित कुन्दरको लगानी छ ।
फिल्मको ट्रेलर सार्वजनिक भएपछि फिल्मको बोल्ड दृश्यलाई लिएर निकै चर्चा परिचर्चा शुरु भएको थियो । फिल्ममा नवाजको भूमिका एक सडक छाप गुण्डाको छ । उनले फिल्मकी सहनायिका बिदिता बेगसँग केही इन्टिमेट सिन पनि दिएका छन् ।