पूर्व प्रेम-प्रेमिका रहेका जस्टिन बीबर र सेलेना गोमेजको केही दिन देखी सोशल मीडियामा राम्रै घम्साघम्सी चलिरहेको छ । पप स्टार बीबरलाई सेलेनाले धेरै पटक धोका दिएको आरोप पनि लगाएकी छिन् । केही दिन अगाडी बीबरले आफ्नो प्रशंसकको निराशापनलाई ध्यान दिँदै आफ्नो गर्लफ्रेण्ड सोफिया रिचीमाथि कुनै पनि नकारात्मक कमेन्ट बन्द गर्न आग्रह गरेका थिए । बीबरको उक्त कुरापछि १४ अगस्तमा बीबर र सेलेनाको बिच फेरी सामाजिक सञ्जालमा घम्साघम्सी भएको छ । यस विषयमा गोमेजले १७ बर्षिय मोडलको तस्बिर राख्न र प्रशंसकलाई दोष दिनबाट बच्न आग्रह गरेकी छिन् । सेलेनाले हटाएको पोष्टमा लेखिएको थियो, ‘यदी तपाई दोष दिनबाट बच्न चाहनुहुन्छ भने गर्लफ्रेण्डको फोटो पोष्ट नगर्नुहोस् । यो केवल तपाईहरु बिच नै विशेष हुन आबश्यक छ । उक्त कुरा तपाईले आफ्नो फ्यानका लागि देखाउनु हुन्न ।’