मुम्बई(एजेन्सी) । झण्डै आठ दिनको अस्पताल बसाई पछि बलिउड दिग्गज अभिनेता दिलीप कुमार बुधबार डिस्चार्ज भएका छन् । उनी मुम्बईको लिलावती अस्पतालमा उपचाररत थिए । बुधबार साँझ उनलाई चिकित्सकले घर जान मञ्जुरी दिएका थिए । दिलिप डिस्चार्ज हुने थाहा पाएर परिवार पनि खुशी भएका थिए । ९४ वर्षका अभिनेताले ट्वीटरमार्फत आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।
अस्पतालका सहअध्यक्ष अजयकुमार पाण्डेले दिलिप कुमार ठिक भएको बताए । अभिनेताको युरिन आउटपुट ठिक भएको र उनको खाना खाने क्रम पनि बढेको बताए । चिकित्सकले दिलिपलाई इन्फेक्सनबाट बच्न सुझाव दिएका छन् । डा् गोखले र डा. अरुण शाहको नेतृत्वमा उपचार गरिएका थियो ।
शुरुवातकीको तीन दिनमा उनका स्वास्थ्यलाई लिएर डाक्टरले चिन्ता पनि व्यक्त गरेका थिए । दिलिपलाई किड्नीमा समस्या, क्रिएटिनिन बढ्ने र हेमोग्लोबिनमा गिरावटको समस्या थियो ।