कात्तिक २ गते अर्थात लक्ष्मीपुजाको दिन प्रदर्शनमा आउँन लागेको फिल्म ‘ऐश्वर्य’को गीत सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘तिमी रोएको पल’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन्।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रमेश उप्रेती र दिपिका प्रसाई फिचारिङ छन्। नेपलको रमणीय स्थलमा छायाँकन गरिएको भिडियो एकदमै मनमोहक देखिन्छ। भिडियोमा रमेश र दीपिकाको केमेष्ट्री पनि सुहाएको छ। भिडियोलाई सुदीप बरालको छायाँकन, दिर्घ खड्काको सम्पादन, तेन्जु योञ्जन र एन्जिला खत्रीको नृत्य निर्देशन रहेको छ।
दिवाकर भट्टराई निर्देशित फिल्ममा रमेश र दिपिकाका अलावा केकी अधिकारी, प्रशान्त ताम्राकार, निर्मल शर्मा लगायतको अभिनय छ। अर्जुन श्रेष्ठ र किरण राना निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता रमेश उप्रेती हुन्। फिल्ममा रमेश उप्रेतीको कथा समावेश छ।