मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री नेहा धुपिया शुक्रबार भारतको चण्डीगढमा सडक दुर्घटनामा परेकी छन् । मुम्बई जानका लागि एयरपोर्ट गइरहँदा उनी चढेको कार दुर्घटनामा परेको हो । उनी आफ्नो अडियो पोडकास्ट शो ‘नो फिल्टर नेहा’ को प्रमोसनका लागि चण्डीगढ पुगेकी थिइन् ।
कार दुर्घटनामा परेपछि सडकमा लामो जाम भएको थियो । त्यही दुर्घटनाका कारण नेहा एक घण्टासम्म सडकमै रोकिनु प¥यो । आफ्नो टिमसहित गाडीमा सवार नेहा र उनको टिमलाई कुनै गम्भीर चोट लागेन । नेहाको काँधमा केही चोट देखिएको सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनालाई प्रत्यक्ष देखेका मानिसहरुले नेहालाई सहयोग गर्नुको सट्टा उनीसँग अटोग्राफ र सेल्फी लिन व्यस्त देखिन्थे । चण्डीगढ आसपासमा निकै चर्चित बनेकी नेहालाई देखेपछि सर्वसाधारणको भिड लागेको थियो ।