अनमोल शर्माको निर्देशनमा बन्न लागेको फिल्म ‘एकलव्य’को शुभमुहर्त गरिएको छ। सोमबार कोटेश्वरको महादेव मन्दिरमा चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोक्दै फिल्मको मुहूर्त गरेका हुन्। फिल्म भोलिबाट छायाँकनमा जानेछ।
शुभमुहर्त कार्यक्रममा फिल्मका निर्देशक शर्माले फिल्म पूर्ण रुपमा नेपाली समाजमा घटिरहेको घटनामा आधारित रहेर निर्माण हुने बताए। उनका अनुसार फिल्मको छायाँकन एक महिना भित्र नै सकिनेछ ।
राजन दुलाल, प्रविन श्रेष्ठ र अभि थापाको संयुक्त लगानीमा निर्माण हुने फिल्ममा शुशील पोखरेल, सुष्मा कार्की, उमेश खड्का, सोनम थापा, पुष्कर राउत, विराट लोगन, महिमा सिलवाल, ओसिम भट्रराई लगायतको अभिनय रहने छ।
फिल्ममा बसन्त सापकोटा र राजेन्द्र बजगाईको संगीत, कृष्ण श्रेष्ठको छायाँकन तथा शंकर महर्जनको द्वन्द्व रहने छ।
फोटो : विवेक बस्याल