फिल्म ‘रुद्रप्रिया’ मा समावेश ‘चिरवीर चिरवीर चाँचरी’ बोलको गीतले २ हप्ता भित्र युट्युबमा १० लाख भ्युज पाएको छ। राजनराज सिवाकोटीको संगीतमा तयार भएको गीतमा मेलिना राई र राजनराजले स्वर दिएका छन्। एक पछि अर्को हिट गीत दर्शक श्रोतामाझ पस्किरहेका राजनाराजले यस गीतबाट पनि सफलता हासिल गर्न सफल भएका छन्। बजारमा ‘कुटुमा कुटु’को चर्चा सेलाउन नपाउदै राजनराजले अर्को हिट गीत दिएका हुन्। ‘कुटुमा कुटु’ राजनराजकै संगीतमा तयार भएको थियो।
कात्तिक २ गते अर्थात लक्ष्मी पुजाको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्रप्रिया’मा आर्यन सिग्देल र रेखा थापा मुख्य भूमिकामा प्रस्तुत भएका छन्। भिडियोमा रेखा र आर्यनको केमेष्ट्री जमेको देखिन्छ। यो जोडीले ८ वर्ष पछि सँगै स्क्रिन शेयर गर्न लागेको हो। भिडियोमा रेखा थापा र आर्यन सिग्देलसँगै अर्का कलाकार राजन इशान पनि फिचरिङ छन्। भिडियोमा प्रविन सिंहले कोरियोग्राफी रहेको छ। संजय लामाको छायाँकन रहेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन्।
सुदिप बबी भूपाल सिंहले निर्देशन गरेको फिल्मको निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन्।