मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्म उद्योगमा सायद यस्ता एक मात्र स्टार होलान्, जसको ख्याती र आम्दानी अन्य कलाकारको भन्दा निकै माथि छ । जसको फ्यान फलोइङ बलिउडका स्टार भन्दा कम पनि छैन ।
हामी कुरा गर्दैछौं, अल्लू अर्जुनको । जो आफैमा तेलुगु फिल्मका ठूला सुपरस्टारमध्ये एक हुन् । उनले आफ्नो अभिनय करियर बाल कलाकारका रुपमा फिल्म ‘डैडी’बाट शुरुवात गरेका थिए । हिरोको रुपमा भने उनले फिल्म ‘गंगोत्री’बाट गरे पनि सबैभन्दा ठूलो ब्रेक उनले फिल्म ‘आर्या’बाट पाए । यो फिल्मले उनको करियरमा कायापलट नै गरिदियो । फिल्ममा उनको जबरदस्त अभिनयकै कारण फिल्मफेयरको ‘बेस्ट तेलुगु एक्टर’को अवार्ड पनि पाए ।
यो फिल्म पछि उनको अभिनयको व्यस्तता यति बढ्यो कि उनले अभिनय गरेका कुनै पनि फिल्म फ्लप रहेनन् । उनले अभिनय गरेका फिल्म सुपरहिट भएकै कारण उनको पारिश्रमिक पनि एउटा फिल्ममा अभिनय गरेवापत १४ देखि १५ करोडसम्म लिन्छन् ।
अल्लू अर्जुन साउथ फिल्म उद्योगमा यस्ता एक मात्र सेलिब्रेटी हुन् जसको फेसबुकमा १ करोड भन्दा बढी फलोअर्स छन् । यसबाहेक उनको नाम सबैभन्दा बढी कमाउने सेलिब्रेटीका रुपमा फोब्र्सले आफ्नो सूचीमा पनि राखेको छ । उनको चर्चालाई ख्याल राख्दै उनी अभिनित तेलुगु फिल्म मलयालम भाषामा डब गरेर रिलिज पनि गरिएको छ ।