चर्चित कोरियोग्राफर गीता कपूर अहिले राजीव खिन्ची नामक एक यूवकसँगको प्रेम सम्बन्धमाा छिन् । सोशल मीडियामा आएको गीता र राजीवको केही फोटोहरुलाई अहिले यस्तो खबरहरु बाहिर आइरहेको छ । अहिलेसम्म गीता र राजीवले यि खबरहरुलाई लिएर कुनै पनि रिएक्शन दिएका छैनन् । तपाईहरुलाई बताइदियौं कि, राजीव फिल्म एक्टर, डायरेक्टर र कोरियोग्राफर हुन् । तर हालसम्म उनको खातामा अहिलेसम्म कुनै पनि ठूला चलचित्रमा नाम देखिएको छैन । राजीव न्यूयोर्कको मेडिसन स्क्वायरमा भएको नरैनद्र मोदीको इवेन्टको पनि कोरियोग्राफ गरिसकेका छन् । ४३ बर्षकी गीताले ‘फिजा’, ‘अशोका’, ‘साथिया’, ‘हे बेबी’, ‘तीस मार खा’ र ‘तेरे नाल लव हो गया’ जस्तो फिल्ममा कोरियोग्राफी गरिसकेकी छिन् ।