कात्तिक १७ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘रोमियो’को पहिलो प्रदर्शन भने कतारको दोहामा हुने भएको छ। यही शनिबार कतारमा फिल्मको भव्य शो हुन लागेको निर्माता तथा नायक हसनराजा खानले जानकारी दिएका छन्। उनका अनुसार, दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार साढे ३ बजेबाट फिल्म प्रदर्शन हुनेछ। आइतबार पनि सोही समयमा फिल्मको प्रदर्शन हुने हसनले जानकारी दिए।
फिल्मको प्रदर्शनका लागि हसन कतार पुगिसकेका छन्। ३ हजार भन्दा बढी दर्शकले फिल्म हेर्ने अपेक्षा गरिएको हसनले बताए। शंकर कार्कीको निर्देशनमा तयार भएको यो फिल्ममा हसनराज खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु लगायतको अभिनय छ। फिल्मको ‘ल्याङ ल्याङ’ बोलको गति अहिले चर्चामा छ।
लभस्टोरी कथामा निर्माण भएको यो फिल्मलाई कतारबाट राम्रो प्रतिक्रिया मिल्नेमा हसन विश्वस्त छन्। मुस्लिमहरुको महान चाड बकर इदको अवसर पारेर कतारमा फिल्मको प्रदर्शन गर्न लागिएको हो।