नायिका श्वेता खड्काले निर्माण गर्न लागेको माझी बस्तीमा १० वटा घरको जग बसिसकेको छ। स्व.श्रीकृष्ण श्रेष्ठ जन्मेको सिन्धुपाल्चोक जिल्लाको झ्याडी माझी टोलमा ‘श्वेताश्री फाउण्डेशन’ले बस्ती बनाउन लागेको हो। फाउण्डेशनले त्यहाँ ६२ वटा घर निर्माण गर्दै छ। ०७२ बैशाख १२ गते गएको भूकम्पले त्यस ठाउँमा अत्याधिक क्षति पुर्याएको देखेपछि श्वेताले त्यहाँ बस्ती बनाउने प्रण गरेकी थिइन्।
मंगलबार श्वेताले निर्माण गरेको बस्तीमा पुग्दा दश घरको जग बसिसकेको देखियो। निर्माण कार्य पनि धमाधम भइरहेको थियो। मंगलबार ‘श्वेताश्री फाउण्डेशन’की अध्यक्ष नायिका श्वेता खड्का भने फिल्म ‘कान्छी’ सुटिगंका कारण त्यहाँ जाँन सकिनन्।