भदौ २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘२ रुपैयाँ’को ओएसटी गीत सार्वजनिक गरिएको छ। रोहित शाक्यको संगीतमा तयार भएको ‘२ रुपैयाँ’ बोलको गीतमा चर्चित र्यापर लाउरे र एड्रेले स्वर दिएका छन्। सार्वजनिक गीतको भिडियोमा गायक लाउरे र एड्रेसँगै फिल्मका मुख्य दुइ कलाकार निश्चल बस्नेत र आशिफ शाह फिचारीङ छन्।
फिल्मका निर्देशक असिम शाहले नै निर्देशन गरेको यस भिडियोलाई हरि हुमागाँइले खिचेका हुन्। भिडियोको सम्पादन लोकेश बज्रचार्यले गरेका छन्। यस अघि फिल्मको २ गीत सार्वजनिक भइसकेको छ। यस अघि सार्वजनिक ‘कुटुमा कुटु’ र ‘टल्क्यो जवानी’ बोलको गीतलाई दर्शक-श्रोताले खुबै मन पराएका छन्।
‘जि टु वान पिक्चर्स’ र ‘ब्ल्याक हर्स पिक्चर्स’को व्यानरमा निर्माण गरिएको यस फिल्ममा निश्चल र आशिफसँगै बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ।