भदौ २३ बाट प्रदर्शनमा आउने निश्चल बस्नेत र आशिफ शाहको मुख्य भूमिका रहेको फिल्म ‘२ रुपैयाँ’को अग्रिम बुकिङ खुल्ला गरिएको छ। शोलो रिलिजको मौका पाएको फिल्मको मंगलबारबाट बुकिङ सुरुवात गरिएको हो।
फिल्म ‘२ रुपैयाँ’को लागि क्युएफएक्स सिनेमाले २४ शो दिएको छ। यो लुट-२ पश्चातको सर्वाधिक शो हो। फिल्मको बुकिङ खुल्ला भएसँगै शुक्रबारका केहि शोहरु बुकिङ भइसकेका छन्।
असिम शाहको निर्देशनमा तयार भएको फिल्ममा निश्चल र आसिफका अलावा मेनुका प्रधान, बुद्धि तामाङ, रबिन्द्र झा लगायतको अभिनय रहेको छ। कमेडी कथामा निर्माण भएको फिल्मलाई ‘जी टु वन पिक्चर्स’ र ‘ब्याल्कहर्स पिक्चर्स’ले संयुक्त रुपमा निर्माण गरेको हो।
त्यस्तै फिल्ममा समावेश गरिएको गीत ‘कुटुमा कुटु’ले पनि खुबै चर्चा पाइरहेको छ। गीतको भिडियोले युट्युबमा सार्वजनिक भएको २ महिनामा नै २ करोड भ्युज पाएको छ। गीतको लोकप्रियताले पनि फिल्मको व्यापारमा थप सहायता मिल्ने देखिन्छ।