फिल्म ‘म यस्तो गीत गाउँछु २’ निर्माण हुने भएको छ। बुधवार आफ्नो बर्थडे सेलिब्रेसनमा केक काट्दै निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु २’ निर्माण घोषणा गरेका हुन्। यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु’बाट सफलता हात परेका निर्देशकले फेरी त्यहि सफलाको आश सहित ‘म यस्तो गीत गाउँछु २’ निर्माण गर्न लागेका हुन्। ‘म यस्तो गीत गाउँछु २’ मा पनि ‘म यस्तो गीत गाउँछु’का मुख्य कलाकार पल शाह र पूजा शर्मा दोहोरिने छन् भने फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेने छ।
त्यस्तै उनले पत्रकारसँगको कुराकानीमा ‘म यस्तो गीत गाउँछु २’ को छायाँकन समाप्त भए सँगै अर्को नयाँ प्रोजेक्ट सुरु गर्ने बताए। नाम नजुराइएको उक्त प्रोजेक्ट डन्सिङ थिमको हुने बुझिएको छ। त्यस फिल्ममा पनि मुख्य कलाकारको रुपमा पल, पूजा र सलोन फईनल भइसकेका छन्।
फिल्म ‘म यस्तो गीत गाउँछु २’को छायाँकन भने माघबाट सुरु हुने थापाले बताए। फिल्ममा निर्देशक थापाकै लगानी रहने छ।