फिल्म ‘रानी’को नयाँ गीत सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत रिलिज गरिएको हो। सार्वजनिक ‘भन भन’ बोलको गीतमा बिजय घिमिरेको शब्द तथा संगीत रहेको छ गीतमा बिजय र निकिता थापाको स्वर रहेको छ।
गीत कत्तिक २ गते अर्थात लक्ष्मीपूजाको दिनलाई आफ्नो रिलिज मिति तय गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। उक्त दिन रेखा थापाको फिल्म रुद्रप्रिया पनि प्रदर्शनमा आउदै छ।
दयाराम दाहाल निर्देशनमा फिल्म ‘रानी’मा अनुप बिक्रम शाही, मलिना जोशी, सरुक ताम्राकार, मनिष सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ। फिल्मलाई भानु महर्जनको निर्माण गरेका हुन्।