फिल्म ‘टिनएज’को अडियो जुकबक्स रिलिज गरिएको छ। फिल्ममा समावेश ५ वटा गीतको अडियो जुकबक्स बिहीबार सार्वजनिक गरिएको हो। गीतमा राजेश पायल राई, कमल खत्री, अन्जु पन्त,राजु गुरुङ, प्रबिशा अधिकारी, टिका प्रसाई, दर्शना महर्जनको स्वर सुन्न सकिन्छ। फिल्मको गीतमा बसन्त सापकोटा र विकास चौधरीको संगीत रहेको छ।
दिनेश पाख्रिनको निर्देशनमा तयार भएको फिल्ममा नयाँ कलाकारको बाहुल्यता देखिन्छ। फिल्ममा प्रतिक्षा खड्का, नरेशवीर सिंह, सरोज शाह, प्रतीक्षा शाह लगायतको अभिनय रहेको छ।
‘हेलेन पाख्रिन फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा बिरु मगर र चिनीमाया वाइवाको लगानी रहेको छ। फिल्म असोज २७ गते रिलिज हुँदैछ ।