फिल्म ‘२ रुपैयाँ’ आजदेखि प्रदर्शनमा आएको छ। शोलो रिलिजको मौका पाएको फिल्म दर्शकमाझ खुबै प्रतिक्षित बनिरहेको थियो। देशभर करिव ८० वटा हलबाट प्रदर्शन आरम्भ गरेको फिल्मले ‘क्युएफएक्स’हलमा शुक्रबारको लागि २४ सो पाएको छ। मल्टिप्लेक्स हलमा राम्रो शो पाएको फिल्मको शुक्रबारका प्राय: शोहरु बुकिङ भइसकेका छन्। सिंगल थिएटरमा पनि फिल्मको क्रेज राम्रो छ।
फिल्ममा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले पनि सर्वाधिक चर्चा कमाउन सफल भयो। उक्त गीतले युट्युबमा २ करोड बढी भ्युज पाइसकेको छ। गीतमा राजनराज सिवाकोटीको संगीत रहेको थियो भने राजनराज, रञ्जन ईशन र मेलिना राईले गीतमा आवाज दिएका थिए।
कमेडी जनारमा निर्माण भएको फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन्। ‘दुई रुपैयाँ’मा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ, रवीन्द्र झा, राजन इशान लगायतको अभिनय रहेको छ।