‘रिच ईन्टरटेनमेन्ट प्रा.लि’को ब्यानरमा नयाँ फिल्म ‘मान्दैन यो मन’ निर्माण हुने भएको छ। प्रेम र द्वन्द्वप्रधान कथामा आधारित फिल्मको छायाँकन भने दशैं पछि सुरु गरिने भएको छ।
सोम कुस्कुमाझीले निर्देशन गर्ने फिल्ममा हालसम्म कलाकार करण श्रेष्ठ र नायिका जोश्ना घले मात्र फाइनल भएका छन्। निर्देशक कुस्कुमाझीले बाँकी कलाकारको खोजी भइरहेको बताए।
फिल्ममा विष्णु क्षेत्री, राजेश खड्गी, खेमनारायण सापकोटा र निलम केसीको लगानी रहने छ। काठमाडौं, पोखरा, जोमसोम र सिन्धुपाल्चोकमा छायाँकन हुने फिल्ममा बादल लिम्बुको संगीत रहनेछ।