फिल्म ‘दि कर्मा’को औपचारिक निर्माण घोषणा गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। केहि समय अगाडी ‘दि कर्मा’को थिम पोस्टर सार्वजनिक गरिएको थियो। ‘जय मिडिया म्यानेजमेन्ट प्रालि’को व्यानरमा निर्माण हुने फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गर्ने छन्।
बलिउडका कलाकारको बाहुल्यता रहेको फिल्ममा दिपक आनन्द, करण कुमार बर्माको साथमा निसमा आचार्य, अनुप सक्सेना लगायतको अभिनय रहने छ। जय राज राय र निशा खतिवडाको निर्माणमा बन्न लागेको फिल्ममा जय राज रायको कथा र रामेश्वर कार्कीको छायाँकन रहने छ।
मंसिरबाट छायाँकनमा जाने फिल्मलाई नयाँ वर्षमा रिलिज गरिने बताईएको छ। १ करोड माथिको लगानीमा निर्माण हुन लागेको फिल्मको छायाँकन नेपाल तथा भारतमा गरिने छ।