मुम्बई(एजेन्सी) । पारिश्रमिक नलिई कोही पनि कलाकार फिल्ममा काम गर्न सक्दैनन् । किनकी फिल्मको पारिश्रमिकले नै उनीहरुको जीवन धानेको हुन्छ । तर बलिउडमा यस्ता पनि कलाकार छन् जो बिना पारिश्रमिक फिल्ममा काम गर्छन् । पारिश्रमिक नलिईकन् काम गरेर पनि उनीहरुको कमाईमा सर्वाधिक धनीको सूचीमा अटाइरहन्छन् । उनीहरु धनी हुने एक मात्र कारण हो, पारिश्रमिकको सट्टा फिल्मको कमाईको सेयर ।
बलिउडमा फिल्मको नाफाको हिस्सेदारी माग गर्नु नयाँ कुरा होइन् । बलिउडका चर्चित स्टार आमिर खान, सलमान खान, अक्षय कुमार र शाहरुख खान फिल्म खेलेवापत निर्माताको हातबाट बैंकको चेक लिनुको सट्टा फिल्मको नाफाको हिस्सेदारीमा बढी चासो देखाउँछन् ।
सञ्चारमाध्यमका अनुसार फिल्म ‘सुल्तान’का लागि अभिनेता सलमान खानलाई ७० करोडको चेक दिने तयारीमा त्यो बेला निर्माता रहे पनि उनले त्यो प्रस्तावलाई अस्वीकार गरे । उनले फिल्मको कमाईवापतको मुनाफा मागेपछि सलमानको भागमा सय करोड रुपैंयाँ हिस्सा परेको थियो ।
अर्का अभिनेता अक्षय कुमारले ‘एयरलिफ्ट’का लागि निर्माताबाट पारिश्रमिक लिएनन् । तर उनले फिल्मको मुनाफाको ८० प्रतिशत हिस्सा मागेपछि निर्मातालाई त्यो हिस्सा दिन बाध्य हुनुप¥यो । फिल्म निर्माताको बोझलाई हल्का बनाउनका लागि रणवीर सिंह, कंगना रनौत, आलिया भट्ट र अन्य स्टारहरु पनि यो अवधारणालाई अपनाइरहेका छन् । पारिश्रमिक भन्दा पनि फिल्म चलेपछि प्राप्त मुनाफाबापतको हिस्सा लिन लालयित हुन थालेका छन् ।
अभिनेत्री कंगना रनौत आफ्नो आउन लागेको फिल्मबाट नाफाको हिस्सा लिने योजना बनाइसकेकी छन् । कंगना यतिबेला आफ्नो करियरको उच्चविन्दुमा छिन् । उनलाई यो वर्ष दर्शकले फिल्म ‘सिमरन’ र २०१८ मा ‘मणिकर्णिका’मा देख्न पाउनेछन् । उनी आगामी वर्ष फिल्म ‘तेजू’ को निर्देशनको तयारीमा छिन् । उनी यो फिल्मको मुनाफाको हिस्सा लिँदैछिन् ।
ऐश्वर्या राय बच्चनले सञ्जय गुप्तको फिल्म ‘जज्बा’मार्फत वर्षौपछि ठूलो पर्दामा पुनरामगन गर्दैछिन् । उनले आफ्ना ससुरा अमिताभको पाइला पछ्याउँदे पारिश्रमिकको सट्टामा मुनाफाको हिस्सा लिने निर्णय लिइसकेकी छन् ।
आलिया भट्टले पनि आफ्नो आगामी फिल्म ‘राजी’को पाश्रिमिकको साटो फिल्मको मुनाफा पछिको हिस्सा लिने भएकी छन् । रणवीर सिंहले पनि संजय लीला भन्सालीको हिट फिल्म ‘बाजीराव मस्तानी’मा आफ्नो दमदार भूमिका निभाएवापत पारिश्रमिकको साटो मुनाफाको हिस्सा नै रोजे ।