‘जोनी जेन्टलम्यान’ रिलिज हुन् अब २ दिन मात्र बाँकी छ। आफ्नो रिलिज मिति नजिकिए सँगै फिल्मले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिइरहेको छ।
पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म यतिबेला राजधानी बाहिरका विभिन्न शहरहरुमा प्रचारको लागि पुगेको छ। पोखराबाट सुरु गरेको प्रचार बुटवल, चितवन, हेटौडा हुँदै काठमाडौँमा आएर टुंगिनेछ।
पल, आँचल,निर्माता, निर्देशक सहितको टोलीले पोखरा, बुटवल र चितवनमा प्रेसमिट सम्पन्न गरेर हेटौडा तर्फ प्रस्थान गरेको छ। प्रेसमिटमा फिल्मका कलाकार, निर्देशक र निर्माताले ‘जोनी जेन्टलम्यान’को बारेमा पत्रकारहरुलाई जानकारी दिएका थिए।
नितिन चन्द निर्देशित फिल्म यहिँ शुक्रबार अर्थात भदौ ३० गते अल नेपाल प्रदर्शनमा आउदै छ। एक्सन लभस्टोरी फिल्मलाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन्। ‘जोनी जेन्टलम्यान’मा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ।
रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको फिल्ममा पारसविक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथा/संवाद रहेको छ।