नायिका निता ढुंगानाले बिहिवार आफ्नो २५ औं जन्मदिन मनाईन। पत्रकार तथा उनको समकालीन साथीहरुको उपस्थितिमा उनले काठमान्डौको एक होटेलमा आफ्नो जन्मदिनको केक काटिन। उनले आफ्नो जन्मदिनको केक काट्दै आफ्नै फिल्म प्रोडक्सन हाउसको पनि लन्च गरेकी छिन्। उनले आफ्नै नाममा ‘नीता फिल्मस् प्रोडक्सन’ लञ्च गरेकी हुन्।
उनले केहि महिना मै आफ्नो प्रोडक्सन हाउसबाट फिल्म निर्माण समेत गर्ने बताईन्। उनले भनिन् ‘अहिले म एउटा राम्रो स्क्रिप्ट र निर्देशक खोजिरहेको छु। सबै कुरा मिल्यो भने केहि महिना भित्रमा फिल्मको काम सुरु गर्नेछु।’
आफ्नो जन्म दिनको अवसर पारेर उनले चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी कोषको लागि २० हजार नगद समेत हस्तान्तरण गरिन्। उक्त रकम चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले लिएका थिए।
बाल कलाकारको भुमका देखि नै अभिनय यात्रा थालेकी नीताले धेरै फिल्ममा काम गरिसकेकी छिन्। फिल्म ‘चाडै आऊ’बाट नेपाली फिल्म जगतमा भित्रिएकी उनले किसान, मसान, नोटबुक, लेकसाइड, भुल भुलैया, धुन लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन्। उनि अहिले आफ्नो नयाँ फिल्म ‘करोडपति’को काममा व्यस्त छिन्।