‘प्रेम गीत’ नायक प्रदीप खड्काले ५३ लख बराबरको कार गिफ्ट पाएका छन्। फिल्म ‘प्रेम गीत २’ प्रदर्शनको ५१ औं दिनको अवसर पारेर आयोजना गरिएको एक सेलिब्रेसन पार्टीमा ‘प्रेम गीत २’ निर्माता सन्तोष सेनले प्रदीपलाई कार गिफ्ट गरेका हुन्। रातो रंगको हुन्डईको ‘क्रेटा’ कार हेर्दा निकै आकर्षक देखिन्छ।
‘प्रेम गीत २’ सफल भएको खण्डमा ३० प्रतिशत शेयर प्रदीपलाई दिने वाचा गरेका निर्माता सेनले त्यो वाचा पुरा गर्नको लागि प्रदीपको लागि गाडी गिफ्ट गरेको बताए। त्यस्तै आफुलाई कार गिफ्ट दिएकोमा खुशी भएको भन्दै नायक प्रदीप खड्काले पनि निर्माता सेनलाई धन्यवाद प्रकट गरे।
पछिल्लो समय नायक प्रदीप खड्काको क्रेज तथा स्टारडम पनि राम्रै देखिन थालेको छ। फिल्म प्रेम गीत बाट चर्चामा आएका प्रदीपले प्रेम गीत २ बाट पनि सफलता हासिल गर्न सके। अहिले प्रदीप फिल्म ‘दिपेन्द्र सरकार’ र ‘लिली बिली’मा अनुबन्धित छन्। मिलन चाम्सले निर्देशन गर्ने ‘लिली बिली’को लागि प्रदीपले २२ लाख पारिश्रमिक लिएका छन्। जुन नेपाली फिल्म इतिहासकै सर्वाधिक महँगो पारिश्रमिक हो।
त्यस्तै केहि समय पहिलो फिल्म ‘लिली बिली’को निर्माण घोषणा कार्यक्रममा बडीगार्ड सहित पुगेका प्रदीपले अहिले कार्यक्रमा जादा साथमा बडीगार्ड लिएर हिड्ने गर्दछन्। आजको सेलिब्रेशन कार्यक्रममा पनि उनि बडीगार्ड सहित उपस्थित थिए।