यस पटकको फ्राईडे रिलिजमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा उत्रिएका छन् । दर्शकहरुका लागि खासै प्रतिक्षित नभएको चलचित्र ‘संजोग’ र ‘रेलिमाई’ आजबाट देशव्यापी प्रदर्शनमा आउका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्र संजोगमा सृष्मा कार्की, सविन श्रेष्ठ, प्रज्वल गिरी, पुष्कर भट्ट र खगेन्द्र उप्रेतीको पनि मुख्य अभिनय छ । चलचित्रलाई बेदप्रसाद भूर्तेलले निर्देशन गरेका हुन् । निर्माता उप्रेतीका अनुसार ‘संजोग’ नारीप्रधान एक्सन चलचित्र हो । त्यस्तै यो चलचित्रसँग एकसाथ प्रदर्शनमा आउको अर्को नेपाली चलचित्र रेलिमाईमा सन्जोग राना, पुर्णिमा लामा, रियन लामालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई रिम बिस्वकर्माले निर्देशन गरेका हुन् । यि दुई नेपाली चलचित्रसँग बलीउडको प्रतिक्षित चलचित्र ‘ढिशूम’ पनि प्रदर्शनमा आउको छ । जोन अब्राहम, बरुण धवन, जैकलीन फर्नांडीज,अक्षय खन्ना लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई नेपालमा गोपीकृष्ण मुभिजले ल्याएको हो । यो चलचित्रले राजधानीका अधिकांश मल्टिप्लेक्सहरुमा एकलौटी राज गर्ने पक्का छ ।