हलीउडस्टार पोयर्स ब्रोसननले रेस्लर डेभ बाटिस्टाको फुटबल थ्रीलर चलचित्र ‘फाइनल स्कोर’मा काम गर्ने पक्का भएको छ । जेम्स बोन्ड श्रंखलाका ३ फिल्ममा बोन्ड बनेका पोयर्सको प्रमुख भुमिका रहने बताइएको उक्त चलचित्रलाई स्कट मनले निर्देशन गर्दैछन् । चलचित्रमा अलेक्जेन्ड्रा डिनु तथा जुलियन चेन्गुको अभिनय रहनेछ । चलचित्रको सुटिङ् यसै बर्षको अगष्ट ८ मा लण्डनको वेस्टह्याम युनाइटेडको रंगशालामा हुनेछ। द ब्रदर्स लिन्च तथा जोनाथन फ्र्याङ्कको स्क्रिप्ट रहेको फिल्ममा हतियारधारीहरुले रंगशाला कब्जा रेपछि त्यहाँ उपस्थित ३५ हजार मानिसहरुको ज्यान बचाउन एक पूर्व सैनिकले देखाएको कार्यकुशलताको सेरोफेरोमा चलचित्र घुम्नेछ ।