एन.वि महर्जन निर्देशिनमा तयार भएको फिल्म ‘सकस’को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रवार युट्युब मार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘विस्तारै विस्तारै’ बोलको गीतमा सहदेव ढुंगानाको शब्द चेतन सापकोटाको संगीत समावेश छ भने गायिका करुणा हमाल र नविन राईले स्वर दिएका छन्।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुन्दर श्रेष्ठ र महिमा सिलवाल प्रस्तुत भएका छन्। बिनोद सापकोटाको करियोग्राफी रहेको भिडियोलाई कृष्ण श्रेष्ठले खिचेका हुन्। भिडियोमा गौतमको सम्पादन रहेको छ।
सुन्दर श्रेष्ठको लगानीमा निर्माण भएको फिल्ममा सुन्दर र महिमाका अलावा विल्सन विक्रम राई, शुस्मा कार्की, प्रज्वल गिरी, रबिन्द्र खड्काको अभिनय रहेको छ। ‘दोवान फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अक्कल शिंह हुन्। फिल्म कत्तिक २४ गतेबाट प्रदर्शनमा आउदै छ।
हेर्नुहोस् भिडियो :