फिल्म ‘चर्खा’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘घन घन मादल घन्कियो’ बोलको गीतमा विकाश चौधरीले संगीत भरेका छन्। मारुनी भाकामा तयार गरिएको गीतमा गोविन्द गौतमको शब्द रहेको छ भने जुनु रिजाल र रामचन्द्र काफ्लेले स्वर दिएका छन्। दिलिप राइमाझी र जुनु रिजाल फिचारीङ भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। दिव्य सुवेदीले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।
गोविन्द गौतमको निर्देशनमा तयार भएको ‘चर्खा’मा दीलिप र जुनुका अलावा सुरविना कार्की, रजनी केसी, सुशान्त कार्की, निर्जन थापा लगायतको अभिनय रहेको छ। सहदेव गौतम प्रस्तुतकर्ता रहेको फिल्ममा सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल, बालकृष्ण खड्का, रुपेश केसीको संयुक्त लगानी रहेको छ।