मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार आमिर खानको खेलमय कथाको फिल्म ‘दंगल’ले आफ्नो इतिहास रच्ने कामलाई निरन्तर जारी राखेको छ । विश्वव्यापी रुपमा फिल्मले सर्वाधिक ग्रस राख्ने बलिउड फिल्मको रेकर्ड राखिरहँदा फिल्मले हङकङमै मात्र २३ दशमलब ४५ मिलियन हङकङ डलर कमाई गरेको छ । यो रकम १९ दशमलब ५ करोड भारतीय रुपैंयाँ हो ।
फिल्मका प्रवक्ताका अनुसार ‘दंगल’ले आमिरको करियरको सर्वाधिक कमाउने फिल्म ‘थ्री इडियट्स’को रेकर्डलाई तोड्दै हङकङमा उत्कृष्ट व्यापार गरेको छ । सन् २००९ म ाबनेको फिल्म ‘थ्री इडियट्स’ले हङकङमा २३ दशमलब ४१मिलियन हङकङ डलर कमाई गरेको थियो ।
स्टुडियो डिस्ने भारतका उपाध्यक्ष अमृता पाण्डेका अनुसार हङकङ र मकाऊका ४६ वटा पर्दामा फिल्म रिलिज भएको थियो । हङकङमा सामान्यतया कम बलिउड फिल्म रिलिज भइरहँदा यो फिल्मले नियमित शो पाएर पनि अर्को रेकर्ड राखेको छ ।
फिल्म डिस्ने इण्डिया र आमिर खान प्रोडक्सनले निर्माण गरेको हो । प्रख्यात रेस्लर महावीर सिंह फोगटको जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्ममा आमिरले शीर्ष भूमिकामा अभिनय गरेका छन् ।