फिल्म ‘मेला’मा समावेश एक पार्टी गीत रिलिज गरिएको छ। दशैंको अवसर पारेर ‘खाली हुदै गयो गिलास’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको गीतमा विक्रम राइ र शशी रावलको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत समावेश छ। गीतको भिडियोमा फिल्मका मुख्य ३ कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाई फिचरिङ गरिएको छ।
पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ। हरि पन्तको प्रस्तुतीमा तयार भएको फिल्मका निर्माता मनोज के मरोडिया हुन्। ‘राज राधिका इन्टरटेन्मेन्ट’को व्यानरमा निर्माण भएको फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन्। फिल्म कात्तिक २४ गतेबाट रिलिज हुदैछ।
भिडियो :