मुम्बई(एजेन्सी) । बलिउड अभिनेता वरुण धवन, अभिनेत्री ज्याकुलिना फर्नान्डिज र तापसी पन्नु अभिनित फिल्म ‘जुडुवा २’ले बक्स अफिसमा जबरजस्त व्यापार गरिरहेको छ । प्रभाष अभिनित फिल्म ‘बाहुबली’को पाइला पछ्याउँदै अघि बढिरहेको यो फिल्मले ६ दिनमा सय करोडको आँकडा नजिक आफूलाई पु¥याइसकेको छ ।
दशहराको एक दिन अघि रिलिज फिल्मे बक्स अफिसमा सलमान खान र शाहरुखको रेकर्डलाई तोड्दै आफ्नो कमाईको गतिलाई तिब्रता दिइरहेको छ । फिल्मले अझै पनि कमाईको अनुपातलाई विश्राम लिने छाँटकाट देखाएको छैन ।
फिल्मले रिलिजको पहिलो दिन १६ दशमलब १० करोडको कमाई गरेको थियो । यो आँकडा दोस्रो दिन अर्थात शनिवार २० दशमलब ५५ करोडमा पुग्यो । त्यस्तै तेस्रो दिन फिल्मले २२ दशमलब ६० करोडको कमाईलाई अझ तिब्रता दियो । चौथो दिन अर्थात सोमबार फिल्मले १८ करोड कमाइ गरेको थियो । मंगलबार भने ८ दशमलब ०५ करोडको कमाई ग¥यो । यो आँकडा अनुसार फिल्मले हालसम्म ८५ दशमलब ३० करोडको कमाई गरिसकेको छ ।
यो फिल्मले उत्कृष्ट ५ ओपनरको फिल्ममा आफूलाई सुरक्षित राखेको छ । पहिलो दिन जबरजस्त कमाई गर्ने फिल्ममा ‘बाहुबली’ (२४ करोड), सलमान खानको ‘ट्यूबलाइट’ (२१ दशमलब १५ करोड), शाहरुख खानको ‘रईस’ (२० दशमलब ५५ करोड), वरुण धवनको ‘जुड़वा २’ (१५ दशमलब ५५ करोड) र शाहरुखकै ‘जब हैरी मेट सेजल’ (१५ दशमलब २५ करोड) छन् । बरुणको फिल्मलाई समिक्षकले पनि राम्रो भनी प्रशंसा गरेका छन् ।