अहिले नेपाली मिडियामा एउटा तस्बिर निकै हिट छ । यो तस्बिर हो, अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतको । विजयादशमीको टिकाको दिनमा धेरै नेपालीले टिका लगाइरहँदा स्वस्तिमा र निश्चल पनि स्वमिङ पूलमा पौडिए ।
निश्चल र स्वस्तिमाको यो बर्ष टिका थिएन । यसैले, उनीहरु भने काठमाण्डौको गर्मीमा चिसो प्राप्त गर्न स्विमिङमा रमाएका थिए । निश्चल र स्वस्तिमा दुबैलाइ अहिले फिल्म क्षेत्रले खुशी दिएको छ । निश्चल अभिनित फिल्म ‘२ रुपैयाँ’ बक्स अफिसमा हिट भयो ।
यता, स्वस्तिमा पनि फिल्म ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतको भिडियोमा नृत्य गरेर चर्चामा रहिन् । यस्तै, उनी अभिनित फिल्म ‘छक्का पन्जा २’ पनि हिट भयो । श्रीमान् श्रीमतिको यो खुशी एकसाथ साट्न उनीहरु स्विमिङ पूलमा पुगेका थिए ।